वैदेशिक रोजगार विभागका अधिकृत ५० हजार घुससहित रंगेहात पक्राउ

Posted on: 14 Jun, 2018

३१ जेठ, काठमाडौं । वैदेशिक रोजगार विभागमा अनुगमन अधिकृत रामप्रसाद ढुंगाना घुस लिँदालिँदै पक्राउ परेका छन् । सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढुंगानालाई पक्राउ गरेको हो । 

ढुंगाना वैदेशिक रोजगार विभाग, बुद्धनगरका शाखा अधिकृत हुन् । बिहिबार दिउँसो उनि ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेपछि बिभागमा हङ्गामा मच्चिएको छ । 

उनको बारेना थप अनुसन्धान भइरहेको दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

उनले एकजना सेवाग्राहीसँग विज्ञापन मापदण्ड नमिलेको भन्दै घुस लिएका थिए । उनलाई अख्तियारले कार्यालयको मिटिङ रूमबाट रकम लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । 

यो पनि 

बैदेशिक रोजगारीको सबै जानकारी आफ्नो मोबाइलमा पाउन तलको लिंकमा क्लिक गरि आफ्नो मोबाइलमा 'बैदेशिक रोजगार' एप डाउनलोड गर्नुहोस् 

https://goo.gl/QbRYoC 


यस बिषयमा तपाइको प्रतिक्रिया...!