खाडीका राम्रा कम्पनीको डिमाण्ड मात्र स्वीकृत, कतारको न्युनतम तलब कति ?

Posted on: 15 Jun, 2018

असार १, काठमाडौँ | खाडीका सबै प्रकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् । कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनका रोजगारदाता कम्पनीमाथि नेपाली दूतावासहरूले नयाँ नेपाली कामदार लैजान नपाउने नीति कडाइका साथ लागू गर्न थालेका हुन् । 

कान्तिपुर दैनिकको समाचार अनुसार साउदी अरबस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले कम्पनीको हैसियत हेररे मात्रै नेपाली ल्याउन अनुमति दिन थालिएको बताए । ‘जुन कम्पनीले नेपाल सरकारले तोकेको न्यूनतम तलब निर्धारण गरको छ । नेपाली कामदारले समस्या भोगेका छैनन्, त्यस्तोलाई मात्रै कामदार ल्याउन अनुमति दिन थालेका छौं,’ शर्माले भने । शर्माका अनुसार साउदीमा कामदार अलपत्र बनाउने म्यानपावरको नयाँ डिमान्डसमेत रोकिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख ३१ देखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका’ कार्यान्वयन गर्न नेपाली दूतावासलाई अख्तियारी दिएपछि कम्पनी र म्यानपावरमाथि कडाइ गर्न थालिएको हो । 

खाडी देशमध्ये कतारले मात्रै न्यूनतम तलब ७ सय ५० रियाल तोकेको छ । अरू देशले कामदार र कम्पनीबीच जति सम्झौता हुन्छ, त्यति नै तलब दिलाउने जिम्मेवारी लिन्छन् । - आजको कान्तिपुर दैनिकमा समाचार छ । 

यो पनि.. 

बैदेशिक रोजगारमा जान चाहनेहरुले हरेक दिन आउने डिमाण्डहरु तथा महत्वपूर्ण जानकारी पाउन तलको लिंकमा क्लिक गरि 'बैदेशिक रोजगार' एप आफ्नै मोबाइलमा डाउनलोड गर्नुहोस: 

https://goo.gl/QbRYoC

यस बिषयमा तपाइको प्रतिक्रिया...!