वैदेशिक रोजगारीमा जाने बढे, विप्रेषणमा कमी

Posted on: 18 Jun, 2018

असार ४, काठमाडौँ | विगत २३ वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साढे ११ हजारभन्दा बढी गुणाले वृद्धि भएको छ।

आर्थिक वर्ष २०५०/०५१ मा तीन हजार ६०५ जना मात्रै वैदेशिक रोजगारीमा गएकोमा आर्थिक वर्ष २०७३/०७४ सम्म आइपुग्दा चार लाख नौ हजार श्रम स्वीकृति लिएर गएका छन् ।

नेपाल राष्ट्र बैंकले गएको साता सार्वजनिक गरेको प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जानेको संख्या उच्चदरमा  बढेको देखिएको हो। चालू आर्थिक वर्षमा हालसम्म तीन लाख ९८ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । 

राष्ट्र बैंकको तथ्यांकअनुसार आधा करोड नेपाली रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्।

प्रतिवेदनअनुसार विप्रषण आप्रवाह विगतको तुलनामा उल्लेख्य रूपमा बढ्दै  आए पनि पछिल्ला वर्षमा यसको वृद्धिदरमा कमी आएको छ। आर्थिक वर्ष २०७१/०७२ मा १३।६ प्रतिशत, आर्थिक वर्ष २०७२/०७३ मा ७।७ प्रतिशत र आर्थिक वर्ष २०७३/७४ मा ४.७ प्रतिशतले मात्रै बढेको खबर छ ।  

- आजको गोरखापत्र दैनिकमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!