वैदेशिक रोजगारका लागि कुवेत जान लागेका ५ महिला विमानस्थलबाटै फिर्ता

Posted on: 23 Jun, 2018

असार ९, काठमाडौँ | वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फिर्ता पठाइएको छ । 

कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिनुभयो । 

“विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता पठाउने निर्णय लिइएको हो” – उहाँले भन्नुभयो । 

‘वैभव’ नामक मेनपावर कम्पनीले उनीहरुलाई ‘रिसेप्सनिष्ट’ मा पठाउन खोजे पनि प्रवेशाज्ञामा भने ‘क्लिनर्स’का लागि श्रम स्वीकृति दिइएको छ । उनीहरुलाई बिहान ८ः३० बजे विमानस्थलबाट फिर्ता पठाइएको थियो । 

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!