बैदेशिक रोजगारीमा ठगि: गाउँपालिका अध्यक्ष नै प्रहरी फन्दामा

Posted on: 17 Jul, 2018

साउन १, अछाम | अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झञ्करबहादुर साउद (भाष्कर) ठगी आरोपमा काठमाडौंबाट प्रहरीको फन्दामा परेका छन् ।

युवालाई विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौंस्थित काँडाघारी प्रहरीले उनलाई कार्यालयमा झिकाएर वयान लिएको छ ।


तीन वर्षअघि साउदले ४ जना युवाबाट ४ लाख रुपैयाँ ठगेको आरोपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको थियो । काँडाघारी प्रहरीले अध्यक्ष साउदलाई कार्यालयमा हाजिर गराएर वयान लिएको छ ।

साउद तत्कालीन नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यसमेत थिए ।

काँडाघारी प्रहरीले अध्यक्ष साउदलाई सामान्य सोधपुछ गरेर छाडेको स्रोतले बतायो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!