नेपाली कामदार रोकिएको बारे मलेसियाका मन्त्रीले दिए चासो

Posted on: 19 Jul, 2018
साउन ३, काठमाडौं । मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले मलेसिया स्थित नेपाली दूतावासको अनौपचारिक भ्रमण गरेका छन। भेटका अवसरमा  मन्त्री कुलासेगरनले नेपालले मलेसियामा कामदार पठाउने सवालमा लिएको पछिल्लो निर्णय बारे चासो दिएका छन् । 
नेपाली कामदारहरु मिहिनेती र इमान्दार रहेकोमा गर्दै मन्त्री कुलासेगरनले नेपालको पछिल्लो निर्णय र अनुरोधलाई मलेसिया सरकरकाले गम्भिरताका साथ लिइरहेको जानकारी गराउनुभएको मलेसियाका लागि नेपाली कार्यवाहक राजदुत कुमार खरेलले बताए । नेपाली कामदार माथी विभिन्न कम्पनी खडा गरि चर्को शुल्क लिइएको सम्बन्धमा मलेसियाको गृह,परराष्ट्र र मानवसंशाधन मन्त्रालयले सामुहिक अध्ययन गरिरहेको समेत मन्त्री कुलासेगरनले जानकारी दिए।
 यस सम्बन्धमा आगामी जुलाई २४ तारिखको दिन पुत्राजयमा औपचारिक वार्ता समेत तय भएको राजदुत खरेलले जानकारी दिए । 
यसअघि सरकारले कामदारको स्वास्थ्य परीक्षण गर्नको लागि मेडिकल सिन्डिकेट कायम गरि चर्को रकम अशुल गर्ने संस्था खारेज गरि कारवाही प्रक्रिया थालेको थियो ।  सो लगत्तै गत जेठ ३ गतेबाट नेपाली कामदार मलेसिया पठाउन रोक लगाउने निर्णय श्रम मन्त्री विष्टले गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!