कोरिया जाने कामदारको हवाइ भाडा घट्यो, अब कति तिर्नुपर्छ ? हेर्नुहोस्

Posted on: 06 Aug, 2018

साउन २१, काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरको हवाई टिकट २३ प्रतिशतले घटेको छ। 

आइतबारदेखि हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि कोरिया जाने कामदारको हवाइ भाडा २३ प्रतिशतले घटेर १२ हजार ९ सय ८० रुपैयाँ कायम भएको वैदेशिक रोजगार विभागको इपीएस शाखाले जनाएको छ ।

नेपालबाट कोरिया जानका लागि प्रत्येक नेपाली कामदारले हवाइ भाडा वापत ५ सय ३० अमेरिकन डरलर तिर्दै आएका थिए । अब भने कामदारले ४ सय ११ अमेरिक डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ मात्रै हवाई भाडा तिर्नु पर्नेछ ।

सन् २००८ देखि ईपीएस प्रणाली लागू भएपछि नेपाली कामदारले ५ सय ४१ अमेरिकी डलर भाडा वापत सम्बन्धीत ट्राभल एजेन्सीलाई बुझाउने गरेका थिए । २०७३ पुसदेखि भने कामदारले ५ सय २९ दशमलव ७५ डलर अर्थात ५८ हजार २ सय ७२ रुपैयाँ हवाई भाडा बुझाउँदै आएका थिए ।

उक्त प्रणालीबाट करिब ८ हजारको संख्यामा कोरिया रोजगारीका लागि नेपाली कामदार जाने गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!