वैदेशिक रोजगारमा सिन्डिकेटः खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी

Posted on: 12 Aug, 2018

साउन २७, काठमाडौं | वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । 

साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् । 


यी तीन मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी गाम्का नेपालआबद्ध १२ मेडिकल संस्थाले कामदारबाट ठगी गर्दै आएका छन् ।

- आजको नयाँ पत्रिकामा समाचार छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!