मलेसियाको संसदलाई नेपालसँग श्रम सम्झौता गर्न लागेको जानकारी

Posted on: 15 Aug, 2018

साउन ३०, काठमाडौँ  | मलेसियाको संसदमा नेपालसँग श्रम सम्झौता छिट्टै हुने बिषयमा बिशेष छलफल भएको छ । 

मंगलबार संसदमा बोल्दै मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाले नेपालसँग छिट्टै श्रम सम्झौता गर्न लागिएको जनाएका हुन् । प्रधानमन्त्री मोहम्मदले बंगलादेशसँग भएको झैं नेपालसँग पनि छिट्टै सरकारी स्तरबाटै श्रम सम्झौता गर्ने कुरा आफ्नो संसदहरुलाई जानकारी गराएका हुन् । मलेसियाको संसदको विशेष समितिमा विदेशी कामदारबारे छलफल भएको थियो । जसमा नेपालसँगको श्रम सम्बन्धि पनि बिशेष बहश भएको थियो । 


तर मलेसियाले नेपालसँग कुन नीतिलाई टेकेर कस्तो श्रम सम्झौताको प्रस्ताव ल्याउने छ भन्ने बारे भने कुनै जानकारी दिएको छैन । यस्तै मलेसियामा श्रम समस्या समाधानका लागि गैरकानुनी कामदारको समस्या व्यवस्थापन तथा नीति तय गर्न गृह मन्त्रालय र मानव संसाधन मन्त्रालयका उच्च सरकारी अधिकारीसहितको सचिवालय समिति गठन गर्न लागेको जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!