कोरिया जाने कामदारहरुको स्वास्थ्य परीक्षण आजबाट

Posted on: 20 Aug, 2018

भदौ ४, काठमाडौं | सन् २०१९ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान लिइएको कोरियाली भाषा परीक्षा उत्तीर्ण गर्नेको स्वास्थ्य परीक्षण हुने भएको छ । स्वास्थ्य परिक्षणको लागी  काठमाडौँ उपत्यकाका चारवटा अस्पतालबाट गर्ने व्यवस्था गरिएको ईपीएस, कोरिया शाखाले जनाएको छ । जस अनुसार पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल, नेपाल कोरिया मैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने तयारी पूरा भएको छ ।

प्रत्येक दिन एक हजारको दरले स्वास्थ्य परीक्षण गर्ने तयारी भएको छ । स्वास्थ्य परीक्षणको पूर्ण प्रतिवेदन आउन चार दिन लाग्ने छ । 

स्वास्थ्य परीक्षणमा ‘फिट’ भएका र प्रहरी प्रतिवेदन आएकाले भदौ ८ गतेबाट रोजगार आवेदन फाराम भर्न पाउने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!