वैदेशिक रोजगारीका नाममा ७४ लाख ठगि गर्ने एक युवक पक्राउ

Posted on: 22 Aug, 2018

भदौ ६, गुल्मी | जिल्ला प्रहरी कार्यालय गुल्मीले वैदेशिक रोजगारीमा पठाउने नाममा ७४ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका १० सिमिचौरका ४८ वर्षीय घनश्याम अर्याल रहेका छन् ।  

ठगी मुद्दामा अर्याललाई जिल्ला अदालत काठमाडौंले २०७४ फागुन ११ गते दुई वर्ष कैद र सात ७४ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

दीपक न्यौपाने भन्ने व्यक्ति लगायतका ब्यक्तिहरुले आफूहरु अर्यालबाट ठगिएको भन्दै अदालतमा मुद्दा दिएको खड्काको भनाई छ ।

पक्राउ परेका अर्याललाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौ पठाएको गुल्मी प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!