मलेसियामा विषाक्त रक्सीले ४ नेपालीसहित सातको ज्यान लियो, १३ नेपाली बिरामी

Posted on: 18 Sep, 2018

असोज २, मलेसिया । विषाक्त रक्सी खाँदा मलेसियामा चार नेपाली सहित सात जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा एक भारतीय, एक बंगलादेशी र एक मलेसियन नागरिक रहेका छन् । १६ जना बिरामी परेका छन् । तीमध्ये १३ जना नेपाली कामदार रहेका छन् ।

बिरामी भएकाहरुको मलेसियाका विभिन्न अस्पतालमा उपचार भइरहेको स्थनीय प्रहरिलाई उद्धृत गर्दै मलेसियन अनलाइन द स्टारले जनाएको छ । मृतकको पोस्टमार्टम रिपोर्ट आइनसकेको र घटनाबारे थप अनुसन्धान भइरहको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!