अमेरिकामा गोली चल्दा एक नेपालीको मृत्यु, अर्का एक घाइते

Posted on: 22 Sep, 2018

असोज ६, काठमाडौं | अमेरिकाको मेरिल्यान्डस्थित हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपाली युवतीको मृत्यु भएको छ। भने एक युवक घाइते भएका छन्।

मृत्यु हुनेमा ४१ वर्षीया वृन्दा गिरी रहेको छिन्, भने घाइते अर्का नेपाली पूर्ण आचार्यरहेका छन्। बिहीबार भएको घटनामा गिरीसहित अन्य तीनजनाले ज्यान गुमाएका छन् । तीनजना घाइते भएका छन्।

स्नोचीया मोसेली नामकी २६ वर्षीय महिलाले अन्धाधुन्ध गोली प्रहार गरेको समाचारमा उल्लेख छ। हतियारधारी महिलाको पनि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सीएनएनले लेखेको छ।

बाल्टिमोर सन अनलाइनले नेपालकी वृन्दा गिरी दुई सान्तानकी आमा भएको लेखेको छ। उनी केही महिना अघिमात्र नेपालबाट त्यहाँ पुगेको समाचारमा उल्लेख छ। उनका श्रीमान काशिराम गिरी ६ वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका थिए र हालै श्रीमतीलाई अमेरिका लगेका थिए।

बाल्टिमोरकै शिक्षक ह्यारी भण्डारीलाई उद्‍धृत गर्दै गिरी १६ वर्षीय छोरी र ११ वर्षीय छोरासहित गत मे महिनामा अमेरिका गएको समाचारमा उल्लेख छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!