मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका यी ४ नेपालीको शव नेपाल ल्याइँदै

Posted on: 27 Sep, 2018

असोज ११, काठमाडौं  | मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ४ नेपालीको शव नेपाल ल्याइँदै छ ।

मलेसियाको सेलांगोर राज्यका विभिन्न स्थानमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ९ जनामध्ये ४ जनाको शव भोलि नेपाल ल्याउने तयारी भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।

विषाक्त मदिरा सेवनबाट मृत्यु भएका धादिङका मिमबहादुर घले, रूपन्देहीका रामकुमार यादव, डडेल्धुराका विशाल बुढाथोकी र सुनसरीका सञ्जय यादवको शव भोलिसम्ममा नेपाल आइपुग्ने उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!