नेपाल र मलेसियाबीच सहमति, कामदारको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने

Posted on: 28 Sep, 2018

असोज १२, काठमाडौं । नेपाल र मलेसियाबीच कामदार आदानप्रदानका लागि गरिने एमओयूको विषयबस्तुमा सहमति जुटेको छ । मलेसियका लागि नेपाली कार्यवाहक राजदुत कुमारराज खरेलका अनुसार श्रमिकको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने सहमति भएको छ । 

दुबै देशले आन्तरिक प्रक्रिया पूरा गरेर छिट्टै श्रम सम्झौता गर्ने सहमति भएको राजदूत खरेलले जानकारी दिए । यस अघि मलेसियासँग एमओयु गर्न तीन पटक मस्यौदाको ड्राफ्ट आदानप्रदान भएको  थियो । दुई देश विच पटक पटक भएको छलफलबाट मस्यौदा संसोधन र सहमति गर्दै यसपटक अन्तिम रुप दिन लागिएको हो । मलेसियाली प्रतिनिधिसँग छलफल गर्न श्रम मन्त्रालयका सहसचिव कृष्ण ज्ञवाली सहित परराष्ट्र र कानून मन्त्रालयका सहसचिव सम्मिलित ३ सदस्यीय टोली मलेसियामा गएका थिए ।

सरकारले मलेसिया जाने कामदार माथि चर्को शुल्क अशुलेको भन्दै गत जेठ २ गतेदेखि श्रम स्वीकृति प्रक्रिया रोकेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!