कुन देश जाँदा म्यानपावरलाई कति तिर्ने ? हेर्नुहोस् देशगत लागत खर्च

Posted on: 22 Oct, 2018

कार्त्तिक ५, काठमाडौं । नेपालबाट बैदेशिक रोजगारीमा जानको लागि संस्थागत रुपमा १ सय १० देश खुला गरिएको छ । यी मध्ये इराक र लिविया हाल रोक्का गरिएको छ । बैदेशिक रोजगारीमा जाँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्कबारे जानकारी नहुँदा ठगिनुपर्ने हुन्छ तसर्थ ठगिनबाट जोगिनको लागि आफुँ जान लागेको देशमा जाँदा लाग्ने सेवा शुल्क बारे जानकार हुनु जरुरी छ । 

सरकाराले कामदारबाट म्यानपावर कम्पनीले लिन पाउने अधिकतम सेवा शुल्क तोकेको छ। जसअनुसार हाल मलेसिया सहित खाडीका ६ देश कतार, साउदी, कुवेत, बहराइन,ओमान, युएईको लागि फ्रि भिषा र फ्रि टिकट अनिवार्य गरिएको छ भने सेवा शुल्क बढिमा १० हजारसम्म म्यानपावर कम्पनीले लिन छुट दिइएको छ। यधपी मलेसियाको लागि कामदारको सबै खर्च रोजगारदातालाई नै तिराउने गरि कार्तिक १२ गते नेपाल र मलेसिया विच श्रम सम्झौतामा हस्ताक्षर हुँदैछ । सो पश्च्यात नेपालीहरु मलेसियामा निशुल्क रुपमा रोजगारीमा जान पाउनेछन् । 

मौरिसस् को लागि १ लाख ९ हजार ९ सय, जापानको लागि टिकट बाहेक ५० हजार, रसियाको लागि ८० हजार, पोल्याण्डको लागि ८० हजार ४ सय, पोर्चुगलको लागि ६५ हजार, लिबिया ९० हजार (४१७५ खाना, आवास सुविधा सहित) तोकिएको छ । त्यस्तै इपिएस मार्फत दक्षिण कोरियाको लागि ७ सय ७० युएस डलर, अल्जेरियाको लागि सिप भएकाको लागि १ लाख १८ हजार र स्टाफको लागि १ लाख २३ हजार सेवा शुल्क तोकिएको छ । 

यी देश बाहेक सेवा शुल्क नतोकिएका मुलुकको हकमा अधिकतम ६ महिनाको तलब बराबर म्यानपावर कम्पनीले लिन पाउने प्रावधान रहेको छ । यदि म्यानपावर कम्पनीले यो सेवा शुल्क भन्दा बढी लिएमा बैदेशिक रोजगार विभागमा उजुरी गर्न सकिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!