जापानमा विदेशी कामदार लिन नयाँ बिधेयक, कामदारले परिवार समेत लान पाउने

Posted on: 04 Nov, 2018

कात्तिक १८, काठमाडौं | वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिने जापानले विदेशी कामदार लिने तयारी गरेको छ । श्रम बजारमा आन्तरिक कामदारको कमी भएपछि जापानले सीपयुक्त

कामदार भित्राउन नयाँ ऐनकालागि मन्त्रिपरिषदबाट मस्यौदा विधेयक स्वीकृत गरेको छ । 

नयाँ व्यवस्था अनुसार दक्ष विदेशी कामदारलाई पाँच वर्षको भीषा दिइने छ । उच्च सीप र राम्रो शैक्षिक योग्यता भएका र जापानी भाषामा दख्खल राख्ने विदेशी कामदारले सहज रुपमा भीषा प्राप्त गर्ने छन् । एक पटक भीषा पाएको कामदारले पटक-पटक थप थर्न पाउने छ । केही वर्षपछि त्यस्ता कामदारले परिवारलाई समेत जापानमा लैजान पाउने छन् । 


जापानमा आप्रवासी कामदार ल्याउने विषयमा त्यहा‘का राजनीतिक दलहरु बिच विवाद भएपनि प्रधानमन्त्री सिन्जो आबेले जापानको कठोर आप्रवासी नीतिमा खासै परिवर्तन नगरेको बताएका छन् । जापानले श्रमिकको कमी रहेका क्षेत्रमामात्र आप्रवासी कामदारलाई अवसर दिने बताएको छ । यस वर्षको अन्त्यसम्ममा विधेयक पारित भई आगामी वर्षको अप्रिलदेखि आप्रवासी कामदारको भीषा प्रकृया शुरु हुने बताईएको छ ।

जापानमा कृषि, निर्माण, होटल– पर्यटन, केयर गिभर र नर्सिङ क्षेत्रमा कामदारको माग रहेको बताईएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!