वैदेशिक रोजगार लाइसेन्स नं २: सबैभन्दा पुराना र ईमान्दार व्यवसायीको निधन

Posted on: 14 Nov, 2018

कात्तिक २८, काठमाडौं | वैदेशिक रोजगारमा पठाउन अनुमति लाइसेन्स नं २ लिएर वैदेशिक रोजगार व्यवसाय गर्दै आएका उदिम बहादुर राईको ८७ वर्षको उमेरमा निधन भएको छ । 

राई खोटाङको लथ्याङमा जन्मिएर बेलायती सेनाको क्याप्टेन समेत बनेका थिए । जागिरबाट अवकाश लिएपछी उनि नेपाल फर्किएर २०४१ सालमा वैदेशिक रोजगार विभागबाट ईजाजत नं २ को लाईसेन्स लिएर एभरेष्ट ईन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि. दर्ता गरेर चलाएका थिए । बैदेशिक रोजगार विभागको रेकर्ड अनुसार यो म्यानपावर अझै पनि बैदेशिक रोजगार व्यवसायमा सक्रिय छ ।

राई वैदेशिक रोजगार क्षेत्रमा ईमान्दार पुराना व्यवसायी रहेको बताइएको छ । वैदेशिक रोजगार क्षेत्रमा क्रियाशील रहंदा राईको इमान्दारितालाई कदर गर्दै तात्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालाको कार्यकालमा सम्मान समेत पाएका थिए । बेलायती सेनाको क्याप्टेन रहेको हुँदा आफैमा आर्थिक रुपमा सक्षम उनले नेपालमा आई म्यानपावर व्यवसाय गरेर बैदेशिक रोजगारीमा महत्वपूर्ण भूमिका खेलेका थिए । 

मंगलबार मृत्यु भएका राईको आज बुधबार अन्तिम सस्कार गरिने भएको छ । आज विहान १० बजे देखि १ बजेसम्म स्व. राईको निवासमा श्रद्धाञ्जली गरिनेछ । 

श्रद्धाञ्जली पछि उनको पार्थिव सरिरलाई गोदावरीस्थित आफ्नै जग्गामा अन्तिम संस्कार गरिनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!