अब विदेश जान चाहनेले घरमै बसेर यसरी काम खोज्न सक्छन्

Posted on: 15 Nov, 2018

कात्तिक २९, काठमाडौँ | वैदेशिक रोजगारीमा जान चाहनेहरु काठमाडौँको निकटदेखि विकटसम्म छन् । जहाँ पत्रिकाको समेत पहुँच छैन त्यहाँका जनताले बैदेशिक रोजगारीको लागि एजेन्टहरुको भरोशामा मोटो रकम खर्चेर पासपोर्ट बुझाउनुपरेको अवस्था छ । त्यसो त एजेन्टहरुले कयौं सोझा सिधा सर्वसाधारणको पासपोर्ट समेत हराइदिने, लामो समयसम्म झुलाईदिने, विदेश पठाउने नाममा मोटो रकमको बार्गेनिङ गर्नेसम्मको काम भएका छन् । जसको कारण बैदेशिक रोजगार कयौंको लागि ठगिखाने भाडो बनेको छ । 


बैदेशिक रोजगारीमा पठाउनको लागी अधिकांश म्यानपावर काठमाडौँमा केन्द्रित छन् । तिनै म्यानपावर कम्पनीका केहि निश्चित सहरमा एजेन्ट तथा शाखा कार्यालयहरु पनि स्थापित छन् तर त्यसले दिने सूचनाको पहुँच समेत सबैलाई छैन । पछिल्लो समय बैदेशिक रोजगारीको शीलशिलामा देशका ७७ जिल्लाका ७५३ स्थानीय तहकै युवाहरु विदेशमा छन् । उनीहरुसँग ५/६ बर्ष अघिझैं महँगो फोन कलको आवश्यक छैन । नेपाल टेलिकम, एनसेल तथा अन्य इन्टरनेट सेवा प्रदायकहरु मार्फत ७७ जिल्लामै इन्टरनेटमार्फत विदेशमा रहेका आफन्तसंग देखादेख कुरा गर्न सकिने सुविधा छ । जसको सहारामा जोसुकैलाई इन्टरनेट आवश्यक बनेको अवस्थामा यसको पहुँच पनि निकटदेखि विकटसम्म पुग्दै छ । गाउँ-गाउँमा इन्टरनेट चलाउनु केहि महँगो भएपनि सबैलाई यो अत्यावश्यक बनेको परिवेसमा अहिले इन्टरनेटमा राखिएको कुरा सबैभन्दा छिटो लक्षित बर्गमा पुग्ने गरेको छ । 

पछिल्लो समय बैदेशिक रोजगारीको डिमाण्ड तथा सूचनाहरु समेत अनलाइनबाटै हेर्न सकिने हुँदा गाउँ-गाउँसम्म जहाँ पत्रिका पुग्दैनन्, त्यहाँ समेत अनलाइनबाटै बैदेशिक रोजगारीको डिमाण्डहरु तथा यस सम्बन्धि महत्वपूर्ण सुचना/जानकारीहरु प्राप्त गर्न थालिएको छ । साझा सबाल मिडियाले हरेकको मोबाइलमा बैदेशिक रोजगार  सम्बन्धि सूचना, महत्वपूर्ण जानकारीहरु/राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु र विदेश जान चाहनेले घरमै बसेर कुन देशको लागि के-के पदमा रोजगारीको अवसर छन् ? कस्ता बिज्ञापनहरु सत्य हो कस्ता होइनन् ? तलब/सूविधा कति हुन्छ ? कुन म्यानपावर कम्पनीमा डिमाण्ड आएको हो ? जस्ता सबै कुरा आफ्नै मोबाइलबाट हेर्न मिल्ने सूविधा उपलब्ध गराएको छ ।

कसरी डाउनलोड गर्ने ? 

यो एप Google Play Store मा गएर 'Baideshik Rojgar' सर्च गरेपछि आफ्नै मोबाइलमा Install गर्न सकिन्छ वा यो लिंक https://goo.gl/SzetyS  क्लिक गरि सिधै Install गर्न सकिन्छ । यो एप एक पटक आफ्नो मोबाइलमा डाउनलोड भएपछी पटक-पटक अपडेट हुने सूचना पाउन वेबसाइट खोलेजस्तो महँगो शुल्क पनि लाग्दैन । त्यसो त एक पटक एप्मा तानिएका सूचनाहरु इन्टरनेट नभएको बेलामा पनि अफलाइन हेर्न सकिन्छ । 

डाउनलोड गर्नुहोस् 

के-के छन् सुविधा ? 

यो एप आफ्नो मोबाइलमा राखेपछि बैदेशिक रोजगारीको नीति नियम, महत्वपूर्ण जानकारी, सूचना, टिप्स लगायत दैनिक बिभिन्न म्यानपावर कम्पनीले अपडेट गर्ने डिमाण्डहरु, म्यानपावर कम्पनीको फोन नम्बर तथा बिदेशमा रहेका नेपाली दुतावास तथा बैदेशिक रोजगारसम्बन्धि नियमन निकायहरुको बारेमा जान्न सकिन्छ । यो एपमा कुन देशमा के-के डिमाण्ड, कुन विधामा रोजगारी चाहिएको हो त्यसबारे जानकारी पनि प्राप्त हुन्छ । अन्तर्वार्ताको लागि तोकिएको समय भन्दा पछी डिमाण्डहरु नदेखाउने हुँदा यो एप निकै प्रभावकारी बनेको प्रतिक्रियाहरु प्रयोगकर्ताहरुले दिएका छन् । ५० हजार भन्दा बढीले यो एप प्रयोग गर्दै गरेको र नेपालमा यो एप Trending मा रहनुले पनि यो एपको प्रभावकारिता बढेको स्पष्ट छ । यो एप्मा पछिल्लो समय दैनिक २०० को हाराहारीमा विदेश जान भन्दै आवेदन आउने गरेको छ । यो एप खोलेर म्यानपावरमा आएका डिमाण्ड हेर्न सकिने तथा सिधै फोन सम्पर्क गरेर आफूलाई मनमा लागेका कुराहरु सोध्न सकिने हुन्छ । 

साथै साझा सबाल मिडियाले यो एपबाट प्रयोगकर्तालाई सूझाव तथा आफुलाई बैदेशिक रोजगारीको क्रममा परेका समस्याहरु समेत राख्न पाउने सुविधा दिएको छ । एप मार्फत आफूलाई परेको समस्या राख्न सक्ने र त्यसको प्रतिक्रिया पनि प्रयोगकर्ताको इमेलमा पाउने सुविधा छ । त्यस्तै यो एप मार्फत सरकारवाट बैदेशिक रोजगारीको लागि अनुमति प्राप्त कम्पनीहरुको विवरणहरु सहजै हेर्न सकिन्छ । एपमार्फत कसैलाई समस्या परेको जानकारी पाएपछि साझा सबाल मिडियाले कानुनी सल्लाह दिने गरेको छ । जटिल समस्या छन् भने नेपाल सरकार बैदेशिक रोजगार बिभागमा जान सुझाव दिने गरेको छ भने साधारण समस्या छ भने म्यानपावर कम्पनीलाई ध्यानाकर्षण गराउनेसम्मको काम गरेको जनाएको छ ।


साझा सबाल मिडियाले यो एप बैदेशिक रोजगार बिभागबाट प्राप्त सूचनालाई आधार मानेर लक्षित बर्गमा सहज सूचना पुर्याउने उध्यश्यले तयार पारेको जनाएको छ । यो एपमा म्यानपावर कम्पनी आफैले डिमाण्डहरु हाल्न सक्ने सुविधा छ भने रोजगारीमा जान चाहनेले घरमै बसेर गरेको Apply बारे जानकारी पनि प्राप्त गर्न सक्छ । त्यसैको आधारमा म्यानपावर कम्पनीले आफूलाई चाहिएको कामदारलाई छानेर फोन सम्पर्क गर्न सक्छ। 

यो एपलाई अझै प्रभावकारी बनाउनको लागि आफूहरु प्रयासरत रहेको भन्दै प्रयोगकर्ताको सूझावको आधारमा थप फिचरहरु थप्दै बैदेशिक रोजगार सूचनामा सशक्त भूमिका खेल्ने साझा सबाल मिडियाको दावी गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!