श्रम बिभाग ताहचलबाट तीन जना विचौलिया पक्राउ

Posted on: 16 Nov, 2018

कात्तिक ३०, काठमाडौँ (रासस) | ताहचलस्थित श्रम कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन जना विचौलिया आज पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मोरङका २४ वर्षीय रोशन शिवाकोटी, झापाका ४५ वर्षीय हितबहादुर धिमाल र काठमाडौँका २२ वर्षीय ऋषि मोक्तान रहेका छन् । विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिएको आरोपमा पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले राससलाई जानकारी दिनुभयो । 

अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!