मलेसियाको भिषा स्ट्याम्पिगं शुरु भईसकेको भन्ने हल्ला प्रति श्रम मन्त्रालयको ध्यानाकर्षण

Posted on: 21 Nov, 2018

मङ्सिर ५, काठमान्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिगं भिषा आएकाको हकमा भिषा स्ट्याम्पिगं शुरु भएको भन्ने प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

 केही व्यक्ति तथा समुहले सामाजिक सञ्जालमा मलेसियाका लागि कलिगं भिषा आएकाको हकमा भिषा स्ट्याम्पिगं शुरु भैसकेको भन्ने खालका प्रचार गरिएको पाइएको भन्दै यस्तो भ्रममा नपर्न  श्रम मन्त्रालयले अनुरोध गरेको छ ।  'यस्ता गलत सुचना प्रवाह गरिएकोमा श्रम मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ' मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीद्वारा जारि विज्ञप्तिमा भनिएको छ ।

कलिगं भिषा आइसकेका मात्रै नभएर नयाँ कामदार जाने हकमा पनि दुवै सरकारले आवश्यक सबै प्रक्रिया पुरा गरेपछि सरकारले सार्वजनिक सुचना जारी गरेरै सबैलाई जानकारी गराइने मन्त्रालयले जनाएको छ । नेपाल सरकार र मलेसिया सरकारबीच भएको ऐतिहासिक श्रम समझदारी पछि सहमती भएका विषयलाई प्रक्रियागत हिसाबले अन्तिम टुंगो लगाउने काम बाँकि रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!