कोरियामा एक नेपालीको मृत्यु

Posted on: 22 Nov, 2018

मंसिर ६, काठमाडौं । दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ ।

उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा बुधबार मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए ।

कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मंगलबार राति खाना खाएर सुतेका थिए । उनी पाँच महिनाअघि मात्र भाषा परीक्षा पास गरी कोरिया गएका थिए ।

मृतक कार्कीको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । शव परीक्षण प्रतिवेदनपश्चात मात्र मृत्युको कारण खुल्नेछ ।

नेपाली युवाका लागि आकर्षक गन्तव्यका रुपमा रहेको दक्षिण कोरियामा विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या बढेको छ । गत महीनामात्र पाँचथर फिदिम नगरपालिकाका राजेश तुम्बापोको काम गर्दागर्दै मेसिनमा च्यापिएर मृत्यु भएको थियो । सन् २००७ देखि हालसम्म १६० नेपालीको विभिन्न कारणबाट मृत्यु भइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!