वैदेशीक रोजगारीको क्रममा ठगी रोक्न कारवाही अभियान चलाईदै

Posted on: 23 Nov, 2018

मङ्सिर ७, काठमाडौँ | श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न कारवाही अभियान चलाउने भएको छ । 

मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा ठगीमा परी उजुरी दिएका पीडितको रकम फछ्र्यौट गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन समेत दिएको छ । 


वैदेशिक रोजगारीका क्रममा स्वदेश तथा विदेशमा ठगीमा परी विभागमा परेको उजुरीमाथि वर्षौसम्म कारबाही अघि बढ्न नसकेपछि मन्त्रालयले सो निर्देशन दिएको हो । 

- यो समाचार आजको कारोबार दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!