मलेसियामा एक नेपाली झुण्डिएको अवस्थामा मृत फेला

Posted on: 01 Dec, 2018

मंसिर १५, काठमाण्डौ । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली मृत अवस्थामा फेला परेका छन् |

सप्तरीको विष्णुपुर गाउँपालिका–५ कटिका २२ वर्षिय लक्ष्मण महतो झुण्डिएको अवस्थामा भेटिएका हुन् । जोहरबारुमा रहेको एलएफ फर्निचर कम्पनीमा काम गर्ने महतो आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।


लक्ष्मणले आत्महत्या गरेको नभई उहाँको हत्या गरिएको सँगै काम गर्ने साथीहरुको भनाई छ । यस विषयमा प्रहरीको रिपोर्ट भने आइनसकेको परिवारले बताएको छ ।

महत्तोको शव नेपाल ल्याइदिन परिवारले सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!