मलेसियामा कारको ठक्करबाट एक नेपालीको मृत्यु

Posted on: 03 Dec, 2018

मङ्सिर १७, काठमाडौं | मलेसियामा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ | मलेसियाको पेनाङ राज्यस्थित कुलिममा भएको दुर्घटनामा एक नेपालीको ज्यान गएको हो । आइतबार राती बजारबाट कोठा फर्किंदै गर्दा कारले ठक्कर दिँदा बर्दियाका सुरेश केसीको ज्यान गएको हो । 


उहाँको शव स्थानीय एक अस्पतालमा राखिएको छ । केसी रोजगारीको शिलशिलामा करिब १४ वर्षदेखि मलेसियामा हुनुहुन्थ्यो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!