साव इन्टरनेशनल म्यानपावरमा छापा, लाखौँ अशुली गर्दैगर्दा निर्देशक पक्राउ (भिडियो सहित)

Posted on: 09 Dec, 2018

मनोज पराजुली । मंसिर २३, काठमाडौँ । बैदेशिक रोजगार विभागको अनुगमन टोलीले बन्सुन्धरा स्थित साव इन्टर्नेशनल ह्युमन रिसोर्सका प्रवन्ध निर्देशक गणेश बहादुर पतेनीभाटलाई नगद ३ लाख ३५ हजार लिंदा लिंदै समातेको छ । पक्राउ परेका गणेशलाई अनुसन्धानका लागि बैदेशिक रोजगार विभाग लगिएको छ ।  


भिडियो हेर्नुहोस


युएइको अल जाफेर कम्पनीमा पीएसबिडी सेक्युरिटी गार्डको लागि पठाउने भन्दै तनहुँका कृष्ण सुवेदीबाट ३ लाख ३५ हजार रकम लिंदालिंदै विभाग टोली उनलाई समातेको हो । म्यानपावर कम्पनीले दुवईको लागि भन्दै प्रति कामदार ४ लाख ९० हजारसम्म लिईरहेको सूचना शुक्रबार श्रम मन्त्रलायमा पुगेपछि विभाग टोलीले आइतबार म्यानपावर कम्पनीमा छापा हानेको हो । विभाग टोली म्यानपावर कम्पनी पुग्दा जम्मा  ४ लाख ८० हजार माग गरिएपनि सुवेदीले ३ लाख ३५ हजार बुझाउँदै थिए । जम्मा  ४ लाख ८० हजार माग गरिएको बताउँदै उनले यस अघि ४५ हजार बुझाइसकेको साझा सवाललाई जानकारी दिए । 


विभाग टोलीले म्यानपावर कम्पनीका पछिल्ला श्रम स्वीकृतिका सम्पूर्ण फाइल, कामदारबाट रकम लिएका विल लगायत आवश्यक सबै विवरण जफत गरेको छ । म्यानपावर कम्पनीले आज उडाउन लागेका अन्य व्यक्तिहरुबाट पनि प्रति व्यक्ति ४ लाख ९० हजार लिएको बताएका छन् । घरबाट दुवई जाने तयारी सहित कामदारहरु म्यानपावर कम्पनीमा जम्मा भएका थिए ।  विभागले म्यानपावर कम्पनीको कारोबार रोक्का गरि अनुसन्धान शुरु गरेको छ । बैदेशिक रोजगार बिभागले उक्त म्यानपावर कम्पनीबाट भिषा आईसकेको र उडान गर्न बाँकी रहेका कामदारहरुलाई तिरिएको बढी रकम फिर्ता सहित सरकारले तोकेकै रकममा उडाउने जनाएको छ ।

तीन बर्ष अघि सरकारले खाडीका ६ राष्ट्र सहित मलेसिया जाँदा कामदारले १० हजारभन्दा बढी शुल्क तिर्नु नपर्ने नीति लिएपनि म्यानपावर कम्पनीहरुले चर्को अशुली गर्न छाडेका छैनन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!