मलेसिया, दुबई, साउदी र कतारका ६५ कम्पनीमा कामदार पठाउन रोक

Posted on: 13 Dec, 2018

मङ्सिर २७, काठमाडाँै । वैदेशिक रोजगार विभागले सम्झौताअनुसारको सेवा सुविधा उपलब्ध नगराउने विभिन्न देशका ६५ रोजगारदाता कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको छ । 

मलेसियाका ५२, संयुक्त अरब इमिरेट्सको पाँच, साउदी अरेबियाको पाँच र कतारका तीन कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाइएको विभागले जनाएको छ । 

कामदारलाई समयमै सेवा सुविधा नदिइएको, काम दिन नसक्दा श्रमिक अलपत्र भएको, कतिपय कम्पनीनै समस्याग्रस्त अवस्थामा रहेकाले ती कम्पनीमा कामदार पठाउन रोक लगाएको विभागका कम्युटर अधिकृत राजु श्रेष्ठले जानकारी दिनुभयो । 

कामदार पठाउन रोक लगाएसँगै अब ती कम्पनीबाट आउने मागपत्र सम्बन्धित देशका नियोगले प्रमाणीकरण गर्ने छैनन् भने विभागले पनि ती कम्पनीका लागि श्रम स्वीकृति जारी गर्ने छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!