जापानले आगामी बर्षदेखि लिने बिदेशी कामदारको प्रस्तावित लिष्टमा नेपाल पनि !

Posted on: 18 Dec, 2018

पुष ३, टोकियो | जापान सरकारले आगामी अप्रिलदेखि नयाँ भिसा स्टाटस अन्तर्गत विदेशी कामदारहरु ल्याउने प्रकृयामा नेपाललाई पनि नवौं नम्बरमा समावेश गरेको छ । 

यस अघि जापानले विदेशी कामदारहरु ल्याउने प्रकृयामा भिसा प्रोसेसको लागी लिइने जापनीज भाषाको जाँचमा ८ देशको नाम प्रस्ताव गरेको थियो जसमा इण्डोनेशिया, भियतनाम, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, चीन, मंगोलिया र म्यानमार रहेकोमा अब नेपाललाई पनि समावेश गर्दै नौ देशलाई प्रस्ताव गरेको छ । 

जापानी अनलाइन संचार संचार माध्यम एनएचकेका अनुसार अब उक्त ९ देशको प्रस्ताव आगामी २० तारिकसम्ममा फेरबदल नभएमा पारित हुनेछ । र लगत्तै जापान सरकारले आवश्यक प्रकृया अघि बढाउनेछ ।

जापानमा श्रमिक समस्या रहेको बताइएको अवस्थामा पछिल्लो प्रस्तावमा नेपाल पनि नवौं नम्बरमा पर्नुले नेपालबाट आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पनि कामदार भिषामा जान सक्नेछन् । आफ्नो देशमा कामदार अभाव कम गर्न जापानले बिभिन्न देशबाट कामदार लिने बताएको थियो र बिदेशी कामदार लिने सम्बन्धि विधेयक समेत पारित गरिसकेको छ । जापानले कामदार ल्याउने देशहरुसंग सम्झौता गरि आफ्नो माध्यमबाट जापानमा काम गर्न आउँदा कामदारलाई ठग्ने दलालहरुबारे पनि सूचना संकलन गर्ने जनाएको समाचारमा उल्लेख छ ।

समाचार स्रोतका अनुसार कामदार तथा बिदेशी विद्यार्थीलाइ सहजताका लागि जापानका विभिन्न स्थानमा १०० वटा सहयोग केन्द्र स्थापना गर्ने तयारी समेत भैरेहको जनाइएको छ । उक्त केन्द्रबाट जापान जाने विद्यार्थी तथा कामदारले विविध समस्याहरुमा सहयोग र सल्लाह लिन सक्नेछन् ।

आगामी अप्रिल महिनाबाट अर्धदक्ष र दक्ष कामदारको रुपमा दुई वटा भिषा प्रक्रियाबाट आउने बिदेशी कामदारहरुले अनिवार्य भाषा र सिप परिक्षा दिनुपर्ने छ । त्यसका लागि पनि तयारी भैरहेको सरकारी श्रोतलाई उधृत गर्दै एनएचके अनलाइनले लेखेको छ । 

समाचार अनुसार बिदेशी कामदारलाई सहजताका लागि भिषा, सुरक्षा, ट्रफिक नियमका गाइडबुकहरु ११ भाषामा प्रकाशन हुनेछन् । ११ भाषामा जापनिज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामिज, स्पेनिस, पोर्तुगुइज, थाई, इन्डोनेसियन, तागालग र नेपाली रहेका छन् 

जापानमै पढिरहेका विद्यार्थीहरुको लागि समेत आगामी आर्थिक बर्षबाट हाल बन्देज लगाइएका क्षेत्रहरुमा रोजगारीको लागि बाटो खुलाईनेछ । जापानी स्कुलमा अध्ययन गर्दै गरेकाहरुलाई जापानको पछिल्लो नीतिले रोजगारीमा निकै सहयोग पुर्याउने देखिएको छ ।

समाचार अनुसार जापानले बिदेशीलाई आफ्नो देशको भाषाको तालिम दिएर सकेसम्म छिटो आफ्नो देशमा कामदारको लागि योग्य बनाइनेछ । त्यसै कारण पनि विदेशबाट जापानमा अध्ययन गरेका र जो भाषा स्कुल उत्रिण छन् उनीहरुलाई नै रोजगारीमा समावेस गरिने तयारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!