जापानमा अप्रिलदेखि विद्यार्थीहरुलाई जुनसुकै काममा 'वर्कीङ भिषा', यस्तो छ नियम

Posted on: 18 Dec, 2018

पुष ३, काठमाडौँ | जापानमा बिदेशि विद्यार्थीलाई खुसीको खबर छ | आगामी अप्रिलदेखि जापानमा पढ्दै आएका विद्यार्थीहरुले हाल रोक्का लगाइएका क्षेत्रहरुमा 'वर्कीङ भिषा' पाउने भएका हुन् | 

जापानी समाचार संस्थाका अनुसार जापानी सेन्मोन स्कुल सकेर के गर्ने भन्ने अन्यौलमा पर्ने बिदेशी विद्यार्थीहरुले अबको अप्रिलदेखि लागु हुने नयाँ नियमको लाभ लिन सक्नेछन् | यस नियमबाट दशौँ हजारको शंख्यामा रहेका नेपालीहरुलाई समेत ठूलो राहत मिल्ने देखिएको छ | 

हाल इन्जिनियर,मानविकी, विशेषज्ञ, अन्तराष्ट्रिय सेवा भिषामा मात्र काम गर्दै आएका विद्यार्थीहरु नयाँ नीतिसँगै खूला रुपमा कामदारको रुपमा जापान बस्न पाउने भएका हुन् | 

समाचार अनुसार गत बर्ष जापानमा अध्ययन गरेका ३ मध्ये १ जना बिद्यार्थीहरुले मात्र यहाँको अध्ययन पछी काम गर्ने भिषा पाएका थिए | जापान सरकारले यसलाई ५० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ | यससंगै जापानमा बिद्यार्थी भिषामा आएकाहरुले अब १०० मध्ये ५० जनाले कामगर्ने भिषा पाउनेछन् | 

बिद्यार्थी भिषा भएकाहरुको लागि कामदार भिषा खूला हुने भनिए पनि केहि प्रावधानले अफ्ट्यारो पर्ने देखिएको छ | जसलाई कम्पनीले राम्रो तलब दिन्छ, जसले राम्रो काम गर्छन उनीहरुले मात्र जापानमा कामदार भिषा पाउनेछन् किन भने जसको न्यूनतम वार्षिक आम्दानी ३० लाख जापानी ऐन हुन्छ उनीहरुले मात्र कामदार भिषा पाउनेछन् | यसको मतलब जुन विद्यार्थीलाई जापानको कम्पनीले राम्रो तलब दिएर राख्न चाहन्छन् उनीहरुले मात्र कामदार भिषा प्राप्त गर्छन | 

तस्वीर स्रोत: nipponetc.edu.np

यस बिषयमा तपाइको प्रतिक्रिया...!