श्रम स्वीकृति लिन जाने सेवाग्राहीलाई बस्ने व्यवस्था सहित निशुल्क वाईफाई र पिउने पानी

Posted on: 15 Jan, 2019

माघ १, काठमाडौं । वैदेशिक रोजगार प्रवर्द्धन वोर्डले श्रम स्वीकृतिका लागि ताहाचल कार्यालयमा सेवाग्राहीको सुविधालाई ध्यानमा राखी विभिन्न सुविधाहरु उपलब्ध गराएको छ । 

वैदेशिक रोजगार प्रवर्द्धन वोर्ड सचिवालयले सेवाग्राहीहरुलाई बस्ने बेन्च, पिउने पानीको व्यवस्था गरेको जनाएको छ । श्रम कार्यालय परिसरमा वोर्डले फ्रि इन्टरनेट सहित वैदेशिक रोजगार मोबाइल एप्लिकेशन डाउनलोडको सुविधा समेत उपलब्ध गराएको जनाएको छ । यस अघि कार्यालय परिसरमा सेवाग्राहीका लागि बस्ने वेन्च समेत नहुँदा समस्या पर्दै आएको थियो ।

अत्याधिक भीडभाड हुने श्रम कार्यालय ताहाचलमा बोर्डले बस्ने व्यवस्था, निशुल्क वाई फाई र पिउने पानीको व्यवस्था गरेपछि सेवाग्राहीहरुलाई ठूलो राहत मिलेको एक सेवाग्राहीले बताए । अर्का एक सेवाग्राहीले भनेका छन् 'एउटा राम्रो कामको सुरुवात भएछ । बिगतमा ५ घण्टा लाईन बसेर श्रम स्विकृती लिनु पर्ने बाध्यता थियो, अब बेन्चमै बसेर भएपनि वाईफाई चलाउदै पालो कुर्न पाइने भयो ।' उनले थपे - 'एक बोतल पानीलाई ३० रुपैया तिरेर पिउनु पर्थ्यो । स्वागत योग्य काम भएको छ ।'  


यस बिषयमा तपाइको प्रतिक्रिया...!