जापानमा नेपाली कामदार पठाउन प्रक्रिया टुंग्याउन दुवै देश आन्तरिक गृहकार्यमा

Posted on: 17 Jan, 2019

माघ ३, काठमाडौं । नेपाली कामदार जापान लैजाने विषयमा जापान र नेपाली प्रतिनिधिबिच औपचारिक छलफल भएको छ । छलफलमा आवश्यक प्रक्रिया टुंग्याउन दुवै देशले आवश्यक गृहकार्य गर्ने सहमती भएको छ ।

जापानको अध्यागमन सम्बन्धी संशोधित कानूनी व्यवस्था अनुसार विदेशी श्रमिकको व्यवस्था गर्ने सम्बन्धमा जापान सरकारबाट जारी भएका नयाँ कानूनी प्रावधानका बारेमा जापानी पक्षले जानकारी गराएको थियो ।

व्यवस्थित र सुरक्षित रुपमा कसरी श्रमिक पठाउने भन्ने विषयमा दुई देशका प्रतिनिधिबिचको छलफल केन्द्रीत भएको थियो। नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी आप्रवासनको क्षेत्रमा विश्वव्यापी रुपमा स्थापित मापदण्ड अनुरुप श्रमिक पठाउने विषयमा जोड दिएको छ।

नेपाली कामदारले जापानमा सिकेको ज्ञान, सीप र अनुभवलाई उद्यमशिलताको माध्यम मार्फत नेपालको विकासमा योगदान पुर्याउने वातावरणको सृजना गर्ने गरी दुबै देशले सहकार्य गर्दै जाने सहमति भएको छ श्रम मन्त्रालयले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!