कलिङ भिसा आएका कामदारको विवरण उपलब्ध गराउन म्यानपावरलाई विभागको पत्र

Posted on: 21 Jan, 2019

माघ ७, काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसियाको कलिङ भिसा पाएका हरुको विवरण उपलब्ध गराउन म्यानपावर कम्पनीहरुलाई अनुरोध गरेको छ । विभागले आज एक सूचना जारि गरी तोकिएको ढाँचामा १५ दिनभित्र कलिङ भिसा आएकाहरुको विवरण उपलब्ध गराउन म्यानपावरलाई आग्रह गरेको हो ।

विभागले कामदारको नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल, राहदानी नम्बर, काम गर्न जाने कम्पनीको नाम र ठेगाना, कलिङ भिसा प्राप्त र म्याद सकिने मिति उल्लेख गर्नुपर्ने जनाएको छ । यसअघि बैदेशिक रोजगार व्यवसायी तथा कलिङ भिसा पाएका कामदारले मलेसिया जान पाउनुपर्ने भन्दै पटक पटक सरकारको ध्यानाकर्षण गराउंदै आएका थिए ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!