श्रममन्त्री विष्टको घोषणा पुरा हुँदै, पर्सिदेखि बिराटनगरबाट पनि श्रम स्वीकृति

Posted on: 04 Feb, 2019

माघ २१, काठमाडौँ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने क्रममा ६ प्रदेशमा श्रम कार्यालय स्थपना गरि काम गरिरहेको सरकारले अब बुधबारदेखि प्रदेश नम्बर १ को राजधानी बिराटनगरबाट पनि श्रम स्वीकृति सहितको सेवा सूचारू गर्ने भएको छ । 


बैदेशिक रोजगार बिभागका इन्जिनियर राजु श्रेष्ठले साझा सबाललाई दिएको जानकारी अनुसार प्रदेश नम्बर १ को श्रम तथा रोजगार कार्यालय बिराटनगर १ स्थित भट्टचोकबाट दक्षिण पर्दछ । श्रेष्ठको अनुसार बिराटनगर स्थित कार्यालय संचालन र बुधबारदेखि नै श्रम स्वीकृति दिन सबै सेटअपको काम सम्पन्न भइसकेको छ । सेवा आरम्भका लागि कर्मचारीहरुलाई आवश्यक तालिम दिईसकेको उनले जानकारी दिए।  उनका अनुसार श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । 


श्रममन्त्री विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गरेका थिए । सोहीअनुरुप सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो । बिराटनगर स्थित यो कार्यालय खुलेपछि श्रममन्त्री विष्टले जिम्मेवारी सम्हाले लगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने भनि गरेको घोषणा पुरा हुनेछ । पहिलेदेखिने प्रदेश नम्बर ३ को कार्यालय काठमाडौँ स्थिति ताहाचलमा रहेको सन्दर्भमा यसअघि नै प्रदेश २ को जनकपुर, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवल, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगडीमा श्रम कार्यालय खुलिसकेका छन् । 

प्रदेश श्रम कार्यालयले राहत 

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । हाललाई व्यक्तिगत श्रम स्वीकृतिको काम हुने भए पनि धेरैले त्यस सेवाले सहज बनाएको बताएका छन् । प्रदेशमा हुन नसकेका काम छ भने मात्र राजधानी आउनुपर्ने छ । बैदेशिक रोजगारको श्रम तथा बिभिन्न समस्या लिएर बैदेशिक रोजगार बिभागको कार्यालय काठमाडौँ नै आउनुपर्ने पुरानो बाध्यता हटेसंगै श्रम कार्यालय ताहाचलमा दैनिक लाग्ने लामो लाइन तथा अत्याधिक भीडको समस्या हटेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!