मलेसिया र खाडीका ६७ रोजगारदाता कम्पनी कालोसूचीमा

Posted on: 12 Feb, 2019

माघ २९, काठमाडौं । सरकारले रोजगारका क्रममा पुगेका श्रकिमलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको छ । वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन म्यानपावरलाई आग्रहसमेत गरेको छ । विभागका महानिर्देशक दिलीप चापागाईले कालोसूचीमा परेका रोजगारदातालाई कालोसूचीबाट हटाउने निर्णय नभएसम्म श्रमिक आपूर्ति गर्न नपाइने बताए ।

कालोसूचीमा पर्नेमा सबभन्दा बढी मलेसियाका रोजगारदाता छन् । विभागले मलेसियाका ५२, संयुक्त अरब इमिरेट्सका ६, साउदी अरेबियाका पाँच र कतारका चार रोजगारदाता कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । कालोसूचीमा परेका रोजगारदाताले श्रकिमलाई सम्झौता अनुसार सेवा, सुविधा नदिई समस्यामा पारेको तथ्य फेला परेको विभागले जनाएको छ । याे समाचार रूद्र खड्काले नागरिकमा लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!