सरकारले कतारसँग यस्तो परिमार्जनसहितको श्रम सम्झौता नवीकरण गर्दै

Posted on: 13 Mar, 2019

फागुन २९, काठमाण्डौ । सरकारले कतारसँग परिमार्जनसहित श्रम सम्झौता नवीकरण गर्ने भएको छ । श्रम सम्झौता परिमार्जनसहित नवीकरण गर्ने विषयमा कतारसँग बुधबार र बिहीबार छलफल हुँदैछ । कतारसँग छलफल गरेर नवीकरणको मिति पनि टुंग्याउने श्रम मन्त्रालयले जनाएको छ । 

शून्य लागत लगायत नेपाली कामदारको सुरक्षाको प्रत्याभुत हुनेगरी श्रम सम्झौता नवीकरण गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय श्रम सम्झौताका लागि रोजगारदाता देशसँगको छलफललाई तिव्रता दिएको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन नयाँ देशसँग श्रम सम्झौता गर्ने र नयाँ गन्तव्य देशको खोजी गर्ने श्रम मन्त्री गोकर्ण विष्टको भनाई छ । 

कतारसँग सन् २००५ श्रम समझदारी भएको थियो । एक महिनाभित्रमा सरकारीस्तरमा श्रम सम्झौतामा हस्तक्षर हुनेगरी कतारसँग छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

यस्तै यसअघि नेपालबाट कामदार लैजान कतारले रोजगारी भिलेजको स्थापना गर्ने प्रस्ताव राखेको थियो । यस विषयमा पनि कतारसँग छलफल हुँदैछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!