मलेसिया सहित खाडीका बिभिन्न ६७ कम्पनीमा नेपाली कामदार पठाउन रोक (सूचीसहित)

Posted on: 05 Apr, 2019

चैत २२, काठमाण्डौ । वैदेशिक रोजगार विभागले मलेसिया सहित खाडीका ६७ वटा कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको छ । रोजगारदाता कम्पनीले कामदारलाई सम्झौता अनुसार काम, सेवासुविधा नदिएकोले कालोसूचीमा राखेर कामदार लैजान रोक लगाएको विभागले जनाएको छ । 

कालोसूचीमा पर्ने कम्पनीहरु मलेसिया, साउदी अरब, कतार र युएईका छन् । सबैभन्दा धेरै मलेसियाका ५२ वटा कम्पनी विभागको कालोसूचीमा छन् । त्यस्तै युएईका ६, साउदी अरबका ५ र कतारका ४ वटा कम्पनीलाई नेपाली कामदार लान रोक लगाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कालोसूचीमा परेका कम्पनीका लागि विभागले श्रम स्वीकृति नदिने भएकोले ति कम्पनीमा म्यानपावरले कामदार पठाउन पाउँदैनन् । 

६७ कम्पनीको सूची हेर्न यहाँ क्लिक गर्नुहोस् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!