मलेसियाका १३ शहरमा नेपाली दुतावासले घुम्ती सेवा दिने, हेर्नुहोस तालिकासहित

Posted on: 07 Apr, 2019

चैत्र २४, काठमाडौं ।  मलेसियामास्थित नेपाली दूतावासले नेपाली कामदारहरुलाई उनीहरु कार्यरत रहेको क्षेत्र नजिक रहेर राहदानी वितरणको कन्सुलर सेवा, शिविर, श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । दुतावासले सूचना जारी गर्दै  मलेसियाका विभिन्न १३ ठाँउमा त्यस्तो कार्यक्रम गर्न लागेको जनाएको छ । मलेसियामा ५ लाख ५० हजार बढी नेपाली कार्यरत रहेका छन् । 

मलेसियाको राजधानी क्वालालम्पुर भन्दा बाहिरका विभिन्न राज्यमा रहेका नेपालीहरुलाई दूतावासले बिभिन्न सेवाहरु उपलब्ध गराउने बताइएको छ । यस्तै त्यो कार्यक्रममा रोजगारी सुरक्षा र कामदारका लागि आवश्यक कानूनी परामर्श लगायतका विषय जानकारी गराइने बताइएको छ । दुतावासका अनुसार श्रमिकहरुको गुनासो एंव समस्याहरुको सुनुवाई गर्ने उद्देश्यले उक्त कार्यक्रम राखिएको हो ।

दुतावासको सूचना अनुसार कार्यक्रममा राहदानी आवेदन संकलन, राहदानी जारी, यात्रा अनुमतिपत्र, कागजात प्रमाणीकरण, श्रमिक सचेतना, श्रमिक गुनासो सुनुवाइलगायतका सेवाहरु उपलब्ध हुने जनाएको छ । दुतवासले राहदानी हराएमा सक्कल नागरिकता आधारमा मात्र नयाँ राहदानी जारी गर्ने स्पष्ट पारेको छ  । दुतावासले आफ्नो आधिकारिक वेवसाइट मार्फत मिति र शहर बारे जानकारी गराएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!