वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको अनुगमन गरिने

Posted on: 20 Apr, 2019

बैशाख ७, काठमाण्डौं – वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत भएका स्वास्थ्य संस्थाको सरकारले अनुगमन गर्ने भएको छ । 

सूचीकृत हुन आएका स्वास्थ्य संस्थाको मापदण्ड पुगे नपुगेको बारे सरकारले भोलि आइतबारदेखि अनुगमन गर्ने भएको हो । अनुमगमनका लागि उपत्यकामा एउटा र उपत्यका बाहिर तीन वटा गरी चार वटा टोली खटिनेछ ।

उपत्यकामा खटिएको टोलीलाई अनुमगनका लागि १५ दिनको म्याद दिइएको छ भने उपत्यका बाहिर खटिने ३ वटा टोलीलाई १० दिनको म्याद दिइएको छ । 

चार सदस्यीय अनुगमन टोलीमा स्वास्थ्य मन्त्रालयबाट ३ जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयबाट एक अधिकृत गरि ४ जना रहने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!