जेठ १७ गतेदेखि म्यानपावर व्यवसायीले कुनै कामदारलाई विदेश नउडाउने घोषणा (भिडियो सहित)

Posted on: 17 May, 2019

जेठ ३, काठमाडौँ | नेपाल बैदेशिक रोजगार व्यवसायी संघले ७ दिनसम्म कामदार विदेश पठाउन ठप्प पार्ने निर्णय गरेका छन् । व्यवसायीका ५ बुंदे माग सम्बोधन नभए आगामी जेठ १७ देखि २३ गतेसम्म बैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरेका हुन् । 


शुक्रवार राजधानीमा वैदेशिक रोजगार व्यवसायी संघले समसामयिक विषयमा छलफल गर्न बोलाएको भेला मार्फत आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । सरकारलाई १५ दिनको अल्टिमेटम दिंदै माग सम्बोधन नभए विदेश पठाउन नै रोक्ने पस्ताव व्यवसायी भेला मार्फत सर्वसहमतिले पारित भएको हो ।

वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको व्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने माग व्यवसायीले गरेका छन् । 


मलेसिया रोजगारी सुचारु गर्न श्रम रोजगार तथा समाझिक सुरक्षा मन्त्रालयमा सुचिकृत भएका मेडिकल सेन्टरबाट स्वास्थ्य परिक्षण गरि नयाँ कामदार पठाउने प्रक्रिया शुरु गर्न सरकार समक्ष माग गरेका छन् ।

मागपत्र प्रमाणीकरण सहज बनाउन रोजगारदाता कम्पनीलाई user name र passport दिई अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरण गर्न व्यवसायी भेलाले माग गरेका छन्  । साथै व्यवसायीले कामदार पठाए बापत पाउनुपर्ने सेवा शुल्क दक्षिण एसियाली मुलुक अनुसार हुनुपर्ने माग समेत गरेका छन्  । यी मागहरु जेठ १६ गतेसम्म सरकारले सम्बोधन नगरे १७ गतेबाट एक हप्ता विदेश पठाउन ठप्प पार्ने त्यति गर्दा पनि नभए विरोध, संघर्ष र असहयोगका कार्यक्रम तय गरिने संघ अध्यक्ष रोहन गुरुङले बताए । 

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!