जेठ ५, काठमाडौँ । साउदी अरबस्थित नेपाली राजदूतावासले घरेलु कामदारका रुपमा नेपालबाट कुवेतमा काम गर्न पुगेका २ महिलाको उद्धार गरि नेपाल फिर्ता पठाएको छ। दलालमार्फत् गैरकानुनी हैसियतमा साउदी अरेबिया पुगेका पाँचथरकी उर्मिला राई र सिन्धुपाल्चोककी पूर्णीमाया तामाङलाई आइतबार नेपाल फिर्ता पठाएको साउदीस्थित नेपाली दुतावासले जनाएको छ ।
दलालमार्फत् गैरकानुनी रुपमा कुवेत पुगेका उनीहरुले भनेअनुरूप सेवा सुविधा नपाएर समस्यामा परेको भनी उद्धार गरिदिन माग गर्दै राजदूतावासमा पुगेका थिए । सो पश्च्यात निजहरुको बहिर्गमनका लागि भिषालगायत आवश्यक सम्पूर्ण कानुनी प्रकृया पूरा गरी एएर अरविया मार्फत नेपाल फिर्ता पठाइएको दुतावासले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!