मलेसियाको पैसाको मुल्य बढ्यो, अरु देशको पैसाको मुल्य कति छ ? हेर्नुहोस

Posted on: 05 Jun, 2019

  जेठ २२, काठमाण्डौ । आज  मलेसियन रिंगिटको भाउ केही पैसा बढेको छ । मलेसियन रिंगिट आज १ को खरिददर २६ रुपैयाँ ४७ पैसा र बिक्रीदर २६ रुपैयाँ ६२ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ४३ पैसा र बिक्रीदर २६ रुपैयाँ ५७ पैसा थियो ।

यस्तै साउदी रियाल आज १ को खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६३ पैसा छ । हिजो पनि रियाल १ को खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६३ पैसा नै रहेको  थियो । 

आज एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५२ पैसा र बिक्रीदर १११ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो पनि डलरको खरिददर ११० रुपैयाँ ५२ पैसा र बिक्रीदर १११ रुपैयाँ १२ पैसा नै थियो । 

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकिएको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा नै  रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ २६ पैसा र बिक्रीदर २९४ रुपैयाँ ८५ पैसा छ । हिजो खरिददर २९३ रुपैयाँ १५ पैसा र बिक्रीदर २९४ रुपैयाँ ७४ पैसा थियो ।

आज कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६३ पैसा तोकिएको छ । हिजो पनि खरिददर र ३६३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ३३ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा नै रहेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!