सरकारले भन्यो- म्यानपावरका सबै एजेण्ट खारेज भए, अब कारोबार नगर्नु

Posted on: 06 Jun, 2019

जेठ २३, काठमाडौं । बैदेशिक रोजगार विभागले अबदेखि म्यानपावर खारेज व्यवस्थालाई पूर्ण रुपमा कार्यन्वयनमा ल्याउने भएको छ । विभागले विगतमा एजेण्टको काम गर्ने व्यक्तिहरुलाई सो काम जारी नराख्न भन्दै विहिबार एक सूचना जारि गरेको छ । कसैले एजेण्टको रुपमा कामदारको पासपोर्ट लिने र रकम कारोबार गरेमा कडा कारवाही गरिने चेतावनी विभागले दिएको छ ।

बैदेशिक रोजगार ऐन, २०६४ को व्यवस्थालाई केहि नेपाल ऐन संशोधन मार्फत संशोधन भइसकेको हुनाले कुनै पनि व्यक्तिलाई बिदेशिक रोजगारको एजेण्टको रुपमा काम नगर्न तथा मेनपावर व्यवसायीलाई पनि त्यस्ता व्यक्ति मार्फत कारोबार नगर्न सचेत गराएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!