युएई, कतार, कुवेत, साउदी लगायत देशको भिषा सक्कली हो वा नक्कली ? यसरी थाहा पाउन सकिन्छ

Posted on: 15 Jun, 2019

जेठ १३, काठमाडौं । के तपाइँ बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? आफ्नो पासपोर्ट डिटेल अनुसार भिषा सहि छ कि छैन भन्ने चेक गर्न चाहनुहुन्छ ? बैदेशिक रोजगारीको लागि जाँदा थाहा पाउनुपर्ने जानकारी मध्ये एक हो भिषा, तपाइको भिषा सक्कली हो वा नक्कली ? 

कतिपए म्यानपावर तथा एजेन्टले भिषा आएको भन्दै कामदारबाट रकम लिने गरेका गुनासा आउने गर्दछन् यस्तो अवस्थामा आफ्नो भिषा सक्कली हो या नक्कली हो आँफैले घरैबाट इन्टरनेटको सहायतामा हेर्न सकिन्छ । 

वैदेशिक रोजगारीमा कामदार पठाउन दलाल र कर्मचारीको मिलेमत्तोमा नक्कली भिषामा पनि श्रम अनुमति दिने गरेको समाचार कहिँले काही आउने गरेको छ । त्यसो त कतिपय एजेन्टले तपाइको भिषा आयो भन्दै पैसा अशुली गर्ने गरेका छन् । यस्तो अवस्थामा हामी आफैले भिषा अनलाइनबाट चेक गर्न सकिने हो भने निकै सहज हुन्छ । सक्कली भिषा हो भन्ने थाहा भएपछि पैसा बुझाउनु वा बैदेशिक रोजगारीमा जानु सुरक्षित हुन्छ । त्यसैले भिषा सम्बन्धि जानकारी तपाइको लागि अत्यावश्यक हुने ठानेर हामीले यस समबन्धि जानकारी तपाइँलाई दिन कोसिस गरेका छौं  ।

तल लिंक दिईएको छ जसमा तपाइले ओमान, साउदी अरेविया, बहराइन, कुवेत, कतार र युएईको भिषा चेक गर्न सक्नुहुन्छ । तपाईलाई जारी गरिएको भिषा सक्कली हो कि होइन छुट्याउनको लागि तल उपलब्ध देश अनुसार  क्लिक गरि चेक गर्नुहोस् ।

साउदी अरेविया

ओमान

बहराइन

कुवेत

कतार

यूएई

यस बिषयमा तपाइको प्रतिक्रिया...!