मलेसिया रोजगारी खुला गर्न व्यवसायी संघद्वारा सरकारलाई १ हप्ते अल्टिमेटम

Posted on: 19 Jun, 2019

असार ४, काठमाडौँ  | नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मलेसिया रोजगारी खुला गर्नका लागि सरकारलाई १ हप्ताको अल्टिमेटम दिएको छ। संघ अध्यक्ष रोहन गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'असार १२ गतेभित्र मलेसिया सुचारु गर्न नेपाल सरकार श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागलाई यसै पत्र मार्फत अनुरोध गर्दछौं।' असार १२ भित्र मलेसिया रोजगारीका लागि श्रम स्वीकृति सुचारु नगरिएमा असार १३ देखि बैदेशिक रोजगार विभाग कार्यालय बुद्धनगरमा शान्तिपूर्ण अवरोध र घेराउ हुनेछ, संघले विज्ञप्तिमा भनेको छ 'त्यसबाट उत्पन्न हुने समस्या र परिणामको सम्पूर्ण जवाफदेखी नेपाल सरकार र विभाग नै हुनेछ ।'

संघले पहिलो चरणमा यस अघि बैदेशिक रोजगारीको लागि १ हप्ता उडान नै ठप्प पारेर आन्दोलन गरेका थिए । सरकारले गत वर्ष जेठ २ पछि मलेसियाको लागि नयाँ फाइलमा श्रम स्वीकृति दिएको छैन । गत वर्ष कार्तिक १२ मा नेपाल र मलेसिया विचा श्रम सम्झौता भए पनि नेपाललले मलेसियामा कामदार पठाउन रोक लगाउंदै आएको छ । दुई देशवीच सम्झौता भएको ८ महिना बित्दा पनि मलेसियाको रोजगारी सुचारु नभएकोमा संघले गम्भीर द्यानाकर्षण भएको जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!