नेपाल र मलेसिया बीच श्रम समझदारीको विषय टुंग्याउन एक महिना भित्रै संयुक्त कार्यदलको बैठक बस्ने

Posted on: 20 Jun, 2019

असार ५, काठमाडौं । नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंग्याउने विषयमा दुइ देशवीच छलफल भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा स्विट्जरल्यान्ड पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनबीच मलेसियाको श्रम समझदारीलाई कार्यान्वयन गरिने विषयमा छलफल भएको हो ।


मंगलबार साँझ भएको भेटमा दुई देशबीचको भएको श्रम समझदारी कार्यन्वयनका लागि एक महिना भित्रै दुवै देशको संयुक्त प्राविधिक समितीको बैठक बस्ने सहमति भएको श्रम मन्त्रालयका सह सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । छलफलमा दुवै देशले अहिले सम्म गरेका तयारीका बारेमा जानकारी आदान प्रदान भएको उनले बताएका छन् ।

शिष्टाचार भेटका क्रममा दुई देशबीच श्रमसमझदारी पत्रमा हस्ताक्षर भएको लामो समय बितिसक्दा पनि कार्यान्वयनमा ल्याउन नसकेको विषयमा उनीहरुबीच छलफल भएको हो।

नेपाल र मलेसिया बीच २०७५ कात्तिक १२ मा श्रमसमझदारी पत्रमा हस्ताक्षर भएको थियो। तर त्यस पश्च्यात पनि नेपाली कामदार मलेसिया पठाउन नेपाल सरकारले रोक लगाउंदै आएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!