संघका अध्यक्ष गुरुङले अध्यक्षको जिम्मेवारी छोडे

Posted on: 23 Jun, 2019

असार ८,काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले शनिबारबाट अध्यक्षको जिम्मेवारी छोडेका छन्। आगामी असार २७ गते संघको साधारणसभा र निर्वाचनको मिति तोकिएको सन्दर्भमा शनिबार अवेर सामाजिक सञ्जालबाट विज्ञप्ति जारी गर्दै अध्यक्षको जिम्मेवारीबाट मुक्त भएको जनाएका हुन् । 


उनले आफ्नो दुई वर्षे कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै प्रथम उपाध्यक्ष राम प्रसाद भान्तनालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर विदा भएको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्– ‘दुई वर्ष नेतृत्वमा रहँदा म र मेरो कार्यसमितिलाई साथ र सहयोग गर्नु हुने विभिन्न राजनीतिक पार्टिका आदरणीय नेताज्युहरु, रास्ट्रसेवक कर्मचारीज्युहरु, व्यवसायी साथीहरू र पत्रकारमित्रहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । बाँकी २१ दिन कार्यकाल रहेको आजबाट प्रथम उपाध्यक्षलाई कार्यबाहक दिएर बिदामा बस्ने निर्णय गरेको छु । जान अन्जानमा कसैको चित्त दुखाएको भए माफ गरि दिनु होला । सबैको जय होस् ।’

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!