श्रम मन्त्रालयले म्यानपावर व्यवसायीलाई वार्तामा बोलायो, विभाग घेर्ने कार्यक्रम स्थगित

Posted on: 25 Jun, 2019

असार १०, काठमाडौँ  | श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले म्यानपावर व्यवसायीका मागहरु सम्बोधन गर्नका प्रतिनिधि पठाउनका लागि नेपाल बैदेशिक रोजगार व्यवसायीलाई पत्र काटेको छ। 

संघले आइतबार आफ्ना ५ बुंदे मागहरु सम्बोधनका लागि श्रममन्त्री गोकर्ण विष्टलाई सम्बोधन गरि मन्त्रालयमा पत्र दर्ता गराएको थियो। सोहि पत्रको जवाफ दिंदै मन्त्रालयले व्यवसायीका ५ बुंदे मागहरु सम्बोधनका लागि छलफल गरि टुंगोमा पुग्नका लागि प्रतिनिधि मागिएको संघद्वारा जारि विज्ञप्तिमा भनिएको छ 

मलेसिया रोजगारी खुला गर्न व्यवसायी संघद्वारा सरकारलाई १ हप्ते अल्टिमेटम

यो पत्रसंगै संघले आन्दोलनका कार्यक्रम अन्तर्गत १३ गतेबाट बैदेशिक रोजगार विभाग घेर्ने कार्यक्रम हाललाई स्थगित भएको जनाएको छ । यस अघि संघले असार ४ गते मलेसिया रोजगारी खुला गर्नका लागि सरकारलाई १ हप्ताको अल्टिमेटम दिएको थियो । 

Image may contain: text

यस बिषयमा तपाइको प्रतिक्रिया...!