मलेसियाले जरिवाना तिरे गैरकानुनी कामदारलाईस्वदेश फर्कन दिने

Posted on: 19 Jul, 2019

साउन ३, काठमाडौं । मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई माफीसहित स्वदेश फर्कन दिने भएको छ ।

गृहमन्त्री मुहिद्दिन यासिनले बिहीबार पुत्राजयस्थित अध्यागमन विभागमा पत्रकार सम्मेलन गर्दै आगामी अगष्ट १ देखि डिसेम्बर अन्त्यसम्मको ५ महिने आममाफी कार्यक्रम घोषाणा गरे ।

‘ब्याक फर गुड (बीफोरजी)’ नाम दिइएको आममाफी कार्यक्रमअन्तर्गत गैरकानुनी कामदारले स्वदेश फर्कन ७०० रिंगिट जरिवाना शुल्क तिर्नुपर्नेछ । 

यासिनले उक्त कार्यक्रमको उपयोग गर्दै गैरकानुनी आप्रवासी अध्यागमन विभागका कार्यालयमा जरिवाना शुल्क तिरेर स्वदेश र्फन सक्ने बताए ।

घर फर्कन चाहने गैरकानुनी कामदार सम्बन्धित देशका दूतावासबाट यात्रा अनुमतिपत्र लिएर अध्यागमन विभाग कार्यालयमा उपस्थित हुनुपर्ने छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!