आयुष इन्टर्नेशनल ओभरसिजको पोखरा शाखा कार्यालयमा श्रम कार्यलायद्वारा सिलबन्दी

Posted on: 29 Jul, 2019

साउन १३, पोखरा । अबैध रुपमा चलिरहेको एक म्यानपावर कम्पनीको शाखा कार्यालयमा श्रम तथा रोजगार कार्यालय पोखराले सिलबन्दी गरेको छ । आयुष इन्टर्नेशनल ओभरसिज सर्भिस प्रा. लिको (६८८/०६३/६४) नाममा पोखराको सभागृह र  सृजनाचोक विचमा कार्यालय नै राखेर चलाइएको पाइएकोले शिलबन्दी गरिएकोको श्रम कार्यालय पोखराका प्रमुख गणेश श्रेष्ठले जानकारी दिए ।

बैदेशिक रोजगार विभागबाट संचालन अनुमति नलिई शाखा संचालन भएको भन्दै तत्काल बन्द गर्न विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले श्रम कार्यालय पोखरालाई निर्देशन दिएका थिए । विभागको निर्देशन बमोजिम नै स्थलगत अनुगमन गरि आवश्यक कागजात नियन्त्रणमा लिएर एक कर्मचारीलाई श्रम कार्यालय पोखरामा उपस्थितिको लागि पत्र काटिएको कार्यालय प्रमुख श्रेष्ठले बताए । 

बिना अनुमति बिना नै अबैध  रुपमा शाखा चलेको पाइएकोले जिल्ला प्रशासन कार्यालय र श्रम कार्यालयको संयुक्त टोलीले म्यानपावरको शाखा कार्यालय सिलबन्दी गरिएको उनले बताए । उक्त शाखाबाट १ ल्यापटप, १ मोबाइल , सेवाग्राही फलो अप डायरी अनुसन्धानका लागि लिइएको श्रेष्ठले जानकारी दिए । यो संगै अन्य केहि म्यानपावर कम्पनीका पनि शाखा कार्यालय चलिरहेको गुनासो आउने गरेको भन्दै त्यस्ता अबैध शाखा भेटिएमा सबै बन्द गरिने उनले बताए। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!