मलेसियाको रोजगारी खुला नगरे यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने म्यानपावर व्यवसायीको चेतावनी

Posted on: 01 Aug, 2019

साउन १६, काठमाडौँ  | सरकारले मलेसिया पठाउन रोक लगाएपछि  वैदेशिक रोजगार व्यवसायीहरु आक्रोशित बनेका छन् | सरकारले मलेसियामा कामदार पठाउन रोकलगाएको १४ महिना बितिसकेको छ भने मलेसियासँग श्रम समझदारीमा हस्ताक्षर भएको पनि ९ महिना बढी भएको छ | 

 नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अब पनि मलेसिया खुला नगरे यसअघिको पूर्वस्वीकृतिका आधारमा कामदारको अन्तरवार्ता लिन सुरु गर्ने  चेतावनी दिएका छन्  |

नयाँ मागपत्र प्रमाणीकरणका लागि मलेसियास्थित दूतावासलाई आवश्यक निर्देशन दिन परराष्ट्र मन्त्रालयमा डेलिगेसन जाँदैछौं   | त्यति गर्दा पनि सुनुवाइ भएन भने अवसर नपाएका कामदारले विदेशमा रोजगारी गर्न पाउने र व्यवसायीले स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने अधिकार हनन भएको विषयमा मानवअधिकार आयोगमा उजुरी  गर्ने ब्यबसायीहरुको भनाइ छ  |

सरकारले आफूहरुको आवाज नसुनेमा यो मुद्दालाई संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सम्म पुर्‍याएर अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी संघले दिएको छ । मलेसियाको रोजगारी खुलाउन माग गर्दै मंगलबार व्यवसायीहरुले बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा धर्नासमेत दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!